Tuesday, June 15

खेलकुद समचार

आफूभन्दा १३० स्थान माथि रहेको टोली अस्ट्रेलियासंग नेपाल ३ -० रे ले पराजित, १० खेलाडी हुँदा पनि राम्रो खेली नेपाली

आफूभन्दा १३० स्थान माथि रहेको टोली अस्ट्रेलियासंग नेपाल ३ -० रे ले पराजित, १० खेलाडी हुँदा पनि राम्रो खेली नेपाली

Posted in खेलकुद समचार
Sapana Sanjal : नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको नेपालले अष्ट्रेलियासँग ३-० ले पराजित भएको हो । कुवेतको जाबेर अल-अहमद रंगशालामा छैठौं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । अस्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै नेपालविरुद्ध अग्रता दिलाएका थिए । पहिलो हाफको खेलसकिन ७ मिनेट बाँकी रहँदा फ्रान काराचिचले पुन: गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारे । विपक्षी खेलाडीलाई गोल गर्ने स्पष्ट मौकामा फाउल गरेसँगै अनुभवी डिफेन्डर रोहित चन्द पहिलो हाफको इन्जुरी समयमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार
विश्वकप फुटबल छनोट फुटबलमा नेपाल चाइनीज ताइपेईलाइ सजिलै संग हरायो

विश्वकप फुटबल छनोट फुटबलमा नेपाल चाइनीज ताइपेईलाइ सजिलै संग हरायो

Posted in खेलकुद समचार
Sapana Sanjal : फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ । अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो । नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । अन्जनको यो जारी विश्वकप छनोटमा तेस्रो गोल हो । दोस्रो हाफमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आशिष लामाको स्थानमा मनिष डाँगीलाई मैदान प्रवेश गराएका थिए । ५२ औं मिनेटमा मनिष नै अबध भएको आ क्रमणमा सन्तोषले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको ६६ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर ताइपेइले प्राप्त फ्रिकिक
“खुसीको खबर” ब्रिटिस गोर्खा र सिंगापुर पुलिस भर्ती हुन चाहनेहरुका लागि राम्रो आवसर !!!

“खुसीको खबर” ब्रिटिस गोर्खा र सिंगापुर पुलिस भर्ती हुन चाहनेहरुका लागि राम्रो आवसर !!!

Posted in खेलकुद समचार
Sapana Sanjal : बेलायत सरकारले ब्रिटिस गोर्खा र सिंगापुर पुलिसका भर्तीका निम्ति अनलाइनबाटै प्रारम्भिक चरणको नाम लेखाउने (रजिस्ट्रेसन) भएको छ । त्यसनिम्ति जुन २८ देखि जुलाई १६ सम्म म्याद राखेको छ । १९ वर्षदेखि २१ वर्ष उमेर ननाघेकाले मात्र भिड्न पाउने रेक्रुट इन्टेक–२०२२ को मापदण्डमा राखिएको छ । कोभिड–१९ दोस्रो लहरको महामारीका कारण भिडभाड हुन नदिन र भर्ती प्रक्रिया निरन्तर राख्न यो नीति सार्वजनिक गरेको जनाइएको छ। मंगलबार पोखरास्थित ब्रिटिस क्याम्पका अधिकारीले प्रतिस्पर्धी नेपाली युवालाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्। ‘कोरोना महामारीले गर्दा हाम्रो कतिपय क्राइटेरिया परिवर्तन भएर आएको छ,’ डेपुटी रेक्रुटिङ अफिसर मेजर ज्याकमेलले सम्बोधन गर्दै भने, ‘तपाईंहरूलाई असर पर्ला। तर पनि सक्दो निष्पक्ष रूपमा गर्ने भर्ती गराउने कोसिस गरेका छौं। यो पालिको रजिस्ट्रेसन अनलाइनमा हुनेछ र २८ जुनदेखि त