Friday, September 17

देउवा निवासमा खुसुक्क पुगे माधव नेपाल, सुरु भयो नयाँ सरकार बनाउने तयारी

May 11, 2021 242

Sapana Sanjal : काठमाडौं ।

केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि तयारी सुरु भएको छ । राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र वैकल्पिक सरकार गठन गर्न विपक्षी दललाई अब दवाव परेको छ । मंगलवार एकाविहानै प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको घरमा जमघट सुरु भएको छ ।

देउवाले नयाँ सरकार गठनका लागि पहल थालेका हुन् । देउवाले केपी ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग परामर्श थालेका हुन् । ओलीलाई विश्वासको मत नदिएर पार्टीको ह्वीप उल्लंघन गरेको नेकपा एमालेका माधव नेपाल समुहका नेता पनि देउवा निवास पुगेका छन् ।

देउवा निवास बुढानिलकण्ठमा कांग्रेस(माओवादी र जसपा तथा एमालेका ओलीविरोधी समूहबीच छलफल सुरु भएको हो । शीर्ष नेताहरुबीच अनौपचारिक छलफलहरु चलिरहेको र दिउँसो २ बजे गठबन्धनको बैठक बस्ने कांग्रेस स्रोतले जनाएको छ ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवारै वैकल्पिक सरकार गठनको आह्वान गरिसकेका थिए । आजको छलफलमा विश्वासको मत दिन अनुपस्थित एमालेको माधव पक्षका नेतालाई समेत बोलाइएको हो ।

Comment