Monday, June 21

जिल्ला प्रशासनले काठमाडौमा लकडाउनका बारे गर्यो यस्तो निर्णय

May 10, 2021 99

Sapana Sanjal : काठमाडौं ।
कोरोना महामारीको जोखिम कायमै रहेका कारण काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । यस अघि जारी भएको लकडाउनको समय सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालयले समय थप्ने निर्णय गरेको हो ।

सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

कोरोनाको कारण अहिले देशका अधिकांस जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। कुनै जिल्लामा दोस्रो देखि तेस्रो पटकसम्म निषेधाज्ञा थपिएको छ। काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ। बाँकेमा वैशाख १३ गतेबाट निषेधाज्ञा सुरु भएको थियो। त्यसपछि अन्य जिल्लाहरूमा पनि निषेधाज्ञा थपिँदै गयो।

गृह मन्त्रालयका अनुसार सोमबार बिहान १० बजेसम्म ६९ वटा जिल्लामा आंशिक र पूर्णरुपमा निषेधाज्ञा गरिएको छ। ओखलढुङ्गा, रसुवा, पाँचथरमा आज रातिबाट निषेधाज्ञा जारी गएको छ। मनाङ, मुस्ताङ, सोलुखुम्बु सहित ८ जिल्लाहरूमा भने निषेधाज्ञा लगाइएको छैन।

पछिल्लो समय देशभर कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेको छ। दैनिक ८ हजार भन्दा बढी संक्रमित थपिएका छन्। मृत्यु दर पनि बढेर गएको छ। अस्पताल र अक्सिजन अभाव हुँदा संक्रमितले सहजै उपचार भएका छैनन्।

Comment