Friday, June 18

पार्टी फुटाउन ठिक्क परेका ओली र नेपाललाई कसले पठायो यस्तो एसएमएस ?

May 9, 2021 38

Sapana Sanjal : काठमाडौ ।

नेकपा एमाले लगभग विभाजनको संघारमा पुगेको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति जुट्न नसक्दा पार्टी विभाजनको अवस्थामा पुग्न लागेको छ । पटक पटक बसेको दुई पक्षका नेताहरुको बैठकले पनि कुनै निष्कर्ष निकाल्न सकेनन् ।

प्रधानमन्त्री ओली फागुन २८ को अवस्था भन्दा अघि जान नचाहने र नेपाल समुहले त्यो भन्दा अघिको अवस्थामा पार्टी लैजानुपर्ने सर्त नछोडेका कारण सहमति जुट्न नसकेको हो । फागुन २८ गते ओलीले एकलौटी रुपमा केन्द्रीय कमिटीको बैठक राखेर समिति विस्तार गरेका थिए । जसमा माधव समुहका नेताहरुलाई वाइपास गर्दै आफ्ना पक्षका नेताहरु थपेका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते लिन लागेको विश्वासको मत लिन नसकुन् भनेर माधव पक्षका २० सांसदहरुले सामुहिक राजिनामाको तयारी थालेका छन् । दुई मुख्य नेताहरुको ब्यक्तिगत टकरावका कारण पार्टी विभाजन हुन थालेको भन्दै जनस्तरमा एसएमएस अभियान सुरु भएको छ । त्यो अभियान कसले सुरु गरेको हो भन्ने खुलेको छैन । तर दुई शीर्ष नेतालाई एसएमएस मार्फत पार्टी एकता कायम राख्न दवाव दिइएको छ । दुई नेताको व्यक्तिगत तित्तताका कारण पार्टी विग्रहमा जान नहुने भन्दै अभियान सुरु गरिएको हो ।

ओली–नेपालको व्यक्तिगत इगोले सत्यनासको बाटोमा लाग्नुहुने छैन भन्ने लागेको छ । ०५४ सालको क्षतिपूर्ति पाउन ०७४ साल पर्खनुपर्‍यो,’ एसएमएसमा लेखिएको छ, ‘अहिलेको क्षति तपाईंको पुस्ताले तिर्न सक्दैन । तपाईं र नयाँ पुस्ताको राजनीतिक भविष्य निमिट्यान्न गर्ने बाटो त्यागिदिनुहोला ।’

Comment