Wednesday, September 22

मलाई माधव नेपालले सांसद बनाएका होइनन्, उनले भनेर राजिनामा दिन्न : सांसद चौधरी

May 9, 2021 112

Sapana Sanjal : काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिदै गर्दा राजनीतिकमा अनौठा घ,टनाक्रम भइरहेका छन् । प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्तावाट गिराउन एमालेकै माधव समुह पनि लागेको छ । त्यसका लागि माधव समुहका सांसदले सामुहिक राजिनामा दिँदै छन् ।

तर माधव पक्षकै सांसदगंगा चौधरीले आफूले राजिनामा नदिने स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यमले राजिनामा दिने सांसदको सूचीमा चौधरीको नाम पनि सार्वजनिक भएपछि उनले आपत्ती जनाएकी छन् । उनले कुनै नेताले आफुलाई सांसद नबनाएका कारण नेताले भने भन्दैमा आफुले राजिनामा पनि नदिने बताएकी छन् ।

उनले आफू एमाले छाडेर कांग्रेस र माओवादीको भरिया हुन नजाने प्रतिकृया दिएकी छन् । आफू पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेको बताउँदै आफ्नो पार्टीको सरकार गिराउन नलाग्ने पनि बताएकी छन् । नेकपा एमाले वरिष्ठ माधवकुमार नेपाल समूहले राजिनामा दिने तयारी गरिरहेका बेला केपी ओली समुहले भने यो उनीहरूको बार्गेनिङ गर्ने अ स्त्र भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भन्दै वैशाख २७ गते संसद बैठक बोलाएको र त्यो भन्दा अगाडी ओलीसँग यस्तै वार्गेनिङ गरेर गलाउने लाइनमा माधव समूह रहेको ओली समुहको बुझाई छ । त्यतिमात्र होइन ओली पक्षका नेता खनाल–नेपाल समूहले राजीनामा नदिने ठोकुवा गर्छन ।

Comment