Tuesday, June 15

ठाकुर र महतोले अन्तिममा आएर ओलीलाई जिल्ल पार्दै गरिदिए यस्तो निर्णय

May 9, 2021 64

Sapana Sanjal : काठमाडौँ –

जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर र राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि लिने विश्वासको मतमा आफूहरु तटस्थ बस्ने दाबी गरेका छन्।

बुढानिलकण्ठ पुगेर देउवालाई उनीहरुले आफूहरु प्रधानमन्त्री ओलीले लिने विश्वासको मतमा तटस्थ बस्ने सुनाएका हुन्। उच्च स्रोतका अनुसार देउवाले ओलीले लिने विश्वासको मतमा असहयोग गर्न ठाकुर र महतोलाई आग्रह गरेका थिए।

तर देउवाको आग्रह उनीहरुले नमानेको स्रोतको भनाइ छ। उनीहरुले बरु छिटोभन्दा छिटो निर्वाचनतर्फ जानु उपयुक्त हुने सुझाव देउवालाई दिएका थिए। यस्तै वैकल्पिक सरकार अहिलेको अवस्थामा सम्भव नभएको निष्कर्ष पनि उनीहरुले देउवालाई सुनाएका थिए।

उनले बाबुराम र उपेन्द्र यादवको निर्णय पार्टीको नभई व्यक्तिगत भएको समेत बताएका छन् । स्रोतले भन्यो, ‘उपेन्द्रजीले गरेको निर्णय उहाँको व्यक्तिगत हो । जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय लिएको छैन । तपाईं अविश्वास प्रस्तावतर्फ जान लाग्नुभएको हो भने हाम्रो अहिले त्यसमा समर्थन छैन ।’

अध्यक्ष ठाकुरनिकट जसपा नेता डा. सुरेन्द्र झाले जसपाले आधिकारिक निर्णय नगरिसकेकोले केही नेताहरूको धारणालाई मात्रै विश्वास नगर्न देउवालाई आग्रह गरिएको बताए । एमाले विभाजित भएको अवस्थामा जसपाको मत निर्णायक नहुने भएकोले तटस्थ बस्ने सम्भावना रहेको झाले बताए ।

ठाकुर र महतोले आफूहरूबीच कुनै विवाद नभएको र उपेन्द्र-बाबुराम पक्षले खटपटको खबर बाहिर प्रचार गराएको देउवालाई बताएका छन् । ठाकुर र महतोले पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा आफूहरू बहुमतमा रहेकाले पार्टीको निर्णय नहुन्जेल जसपाको भर परेर कुनै निर्णयमा नपुग्न देउवालाई सुझाएका स्रोतले जनाएको छ ।

Comment