Saturday, October 16

कोरोना निको भएकाहरुलाई देखिन थाल्यो अर्को घातक रोग, ८ संक्रमितको गुम्यो यो चिज

May 8, 2021 127

Sapana Sanjal : एजेन्सी ।

भारतमा कोरोनाको महामारीकै क्रममा अर्को घातक रोग पनि फैलिएको छ । जसले चिकित्सक र सरकारलाई चिन्ता थपेको छ । भारतमा कोरोना निको भएकाहरुको दृष्टि गुम्ने रोग फैलिएको छ ।

यसलाई चिकित्सकहरुले ‘ब्ल्याक फंगस’ भनेका छन् । यो रोग पनि कोरोनाकै कारणले फैलिएको स्वास्थ्कर्मीले जनाएका छन् । निको भएका संक्रमितमा यस्तो खतरा पनि बढिरहेको छ।

गुजरातमा कोरोना संक्रमण निको भएका बिरामीमा ‘ब्ल्याक फंगस’ देखिएको हो। कोरोना सँगसँगै गुजरातमा यो समस्या बढिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तत्काल नियन्त्रणको उपाय नअपनाए यसले पनि ठूलो रुप लिनसक्ने भन्दै चिन्ता ब्यक्त गरिएको छ ।

गुजरातको सुरतमा म्युकोरमाइकोसिस (ब्ल्याक फंगस) का कारण ८ संक्रमितको आँखाको रोशनी गुमेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो १५ दिनमा सुरतमा म्युकोरमाइकोसिसको समस्या ४० जनामा देखिएको छ।

तीमध्ये ८ जनाको आँखाको रोशनी गुमेको हो। यो कोरानाकै कारण फैलिरहेको र यसको उपचार सम्भव रहेको बताइएको छ। तर उपचार ढिला भए बिरामीको मृत्युसमेत हुन सक्छ।

Comment