Tuesday, June 15

टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृत्यु

May 8, 2021 93

Sapana Sanjal : उदयपुर –
.
टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ ।

अझ महत्त्वपूर्ण त्यसले विश्वलाई टिकटक एपबारे परिचित गराइदियो। त्यसयता टिकटकले करोडौँ जागरुक, सिर्जनशील तथा अधिकांश युवा उमेरका प्रयोगकर्ता पाएको छ।

यसै क्रममा टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृ,त्यु भएको छ । कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा ल’डेर धरान-५ का १८ वर्षीय सुवास परियार मृ,त्यु भएको हो । धरानबाट ओखलढुङ्गाका लागि छुटेको सुमोमा चढेका उनी हर्देनीमा गाडी बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउने क्रममा उनी भिरबाट ल’डेर ग’म्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएके छ ।

Comment