Tuesday, June 15

एमालेका यी नेताले नै अस्पतालमा बेड पाएनन्, एम्बुलेन्समा राखेर घुमाउँदा घुमाउँदै निधन

May 7, 2021 97

Sapana Sanjal : नेकपा एमालेका स्थानीय नेता समेत रहेका एक् जनप्रतिनिधिको ज्यान गएको छ । उनको कोरोनाको कारण ज्यान गएको हो । उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि उनका लागि बेड पाइएन ।

बेड नपाएपछि उनको एम्बुलेन्समै ज्यान गएको हो । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समा नै मृ,त्यु भएको हो ।

नबीन नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका थिए । ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएका िथिए । त्यसपछि बेड अभावका कारण होम आइसोलेसनमा थिए । उनकालागि जति प्रयास गर्दा पनि परिवारले वेड पाउन सकेका थिएनन् ।
थापालाई तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो । पछिल्लो समय उनको समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोजिएको थियो ।

त्यस समयमा एम्बुलेन्समै बिहिबार राति मृ,त्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले जानकारी दिए ।

उनले भैरहवा गएर विभिन्न अस्पतालमा राख्ने कुरा गर्दा–गर्दै एम्बुलेन्समा निधन भएको जानकारी दिएका छन् । यसअघि ,बुटवलमा एक जना वडा सचिवको पनि यसै गरी ज्यान गएको थियो ।

Comment