Friday, October 15

२ दिन अघि संघीय संसद भवन नयाँ बानेश्वरमा स्वाव दिएर फर्केका, उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु

May 7, 2021 288

Sapana Sanjal : काठमाडौं ।

संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहि महिना अघि मात्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालको शुक्रबार बिहान मृत्यु भएको संसद सचिवालयले जनाएको हो ।

उपसचिव खनाल सचिवालयको कानून शाखामा कार्यरत रहेका थिए ।
सचिवालयका अनुसार खनालको पत्थरीको उपचारका लागि भर्खरै शल्यक्रिया भएको र मुटु सम्बन्धी पनि स्वास्थ्य समस्या रहेको थियो ।

उनका अनुसार संसद सचिवालयले सांसद पदाधिकारी र कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि उनले २ दिन अघि २२ गते संघीय संसद भवन नयाँ बानेश्वरमा स्वाव दिएर गएका थिए ।
२३ गते बिहिबार मात्र उनमा कोरोना पुष्टि भएको थियो । कोरोना देखिएको दोस्रो दिनमा नै उनको मृत्यु भएको छ ।

Comment