Friday, June 18

संघीय संसदका १५ जनालाई कोरोना पुष्टि, प्रधानमन्त्री ओलीको पनि लिइयो स्वाव

May 7, 2021 85

Sapana Sanjal : काठमाडौं ।

संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ । संघीय संसद सचिवालयका अनुसार बुधबार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई कोरोना पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

बैशाख २७ गते संसद बैठक बस्ने भएपछि सांसद र कर्मचारीको स्वाव परिक्षण गरिएको थियो । बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्वाव लिइएको छ । पिसिआर परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाव संकलन गरिएको हो ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसहित १ सय बढीको स्वाव संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् । ओलीसँगै बालुवाटारमा रहने स्वकीय, निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १ सय जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो ।

यसैबीच संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोनाबाट मृ,त्यु भएको छ । केहि महिना अघि मात्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालको शुक्रबार बिहान मृ,त्यु भएको संसद सचिवालयले जनाएको हो ।

उपसचिव खनाल सचिवालयको कानून शाखामा कार्यरत रहेका थिए । सचिवालयका अनुसार खनालको पत्थरीको उपचारका लागि भर्खरै शल्यक्रिया भएको र मुटु सम्बन्धी पनि स्वास्थ्य समस्या रहेको थियो ।

Comment