Friday, September 17

गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घाईते मध्य एक को मृत्यु

May 7, 2021 102

Sapana Sanjal : सागर भण्डारी,गुल्मी ।

गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घाईते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थित स्थानीय उजिर सिहं गाहाको घरमा बिहान साढे ५ बजेको समयमा एक्कासी चट्याङ मगर सहित उनका परिवारका ७ जना घाईते भएका हुन् ।

बिहान सुतिरहेको समयमा घरमा चट्याङ पर्दा उजिर मगर सगैं उनकी श्रीमती ६२ वर्षीय सतिकला गाहा, छोरा ३७ वर्षीय तुल बहादुर गाहा, बुहारी ३२ वर्षीय जुनी गाहा, नातिनी बुहारी १८ वर्षीय करिष्मा गाहा, नातिनी १४ वर्षीय मेलिना गाहा र नाति १८ वर्षीय जेनित गाहा घाईते भएका हुन् । त्यस्तै छिमेकी चित्र बहादुर गाहा र उनकी श्रीमती ज्योतिकला गाहा पनि घाईते भएका छन् ।

घाईते मध्ये करिष्माको अवस्था अत्यन्तै गम्भी रहेको बताईएको छ । उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । त्यस्तै जुनी गाहा, मेलिस गाहा र जेनित गाहालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको छ । त्यस्तै अन्य घाईतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ ।

त्यस्तै बडिगाड गाँउपालिकाका एक कोरोना संक्रमितको ज्यान गएको छ । धौलागिरि अस्पताल बागलुङमा उपचारत बडिगाड गाँउपालिका वडा नं. ४ का ८७ बर्षिय वृद्द पुरुषको आज साँझ ज्या’न गएको हो । बैशाख १८ गते धौलागिरी अस्पतालमा भर्ना भएका उनको बैशाख १९ गते कोभिड पोजेटिभ रिपोर्ट आएको थियो ।

अस्पतालको भेन्टिलेटरमा उपचारत उनको आज साँझ ५ बजेर ४५ मिनेटमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड-१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । यसैविच बागलुङमा कोभिडका कारण बागलुङ नगरपालिका-४ का कोरोना संक्रमित ७८ बर्षिय एक पुरुषको समेत ज्यान गएको छ ।

वैशाख २० गते स्वास प्रस्वासमा समस्या भएर अस्पतालपुगेका उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरे बताए । यो संगै बागलुङमा कोभिडका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

Comment