Friday, June 18

आफ्ना नजिककाहरुलाई ‘बिचौलिया भूतप्रेत’ भनेपछि प्रधानमन्त्री ओली स्वास्थ्यमन्त्रीसंग रिसाए, त्रिपाठीको मन्त्री पद संकटमा

May 6, 2021 65

Sapana Sanjal : काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट केही ब्यक्तिलाई बिचौलीया भन्दै स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले सरकारले ल्याउन खोजेको कोरोना विरुद्धको खोप ल्याउन नदिएको भन्दै अन्तरवार्ता दिएपछि प्रधानमन्त्री ओली मन्त्रीसँग रिसाएका छन् ।

त्रिपाठीले बुधवार एक मिडियामा अन्तरवार्ता दिँदै ‘बिचौलिया भूतप्रेत जागेको कारण’ भारतबाट सेरमद्वारा उत्पादित खोप ल्याउन नसकिएको अभिव्यक्ति दिएका थिए ।

उनको सो अभिब्यक्ति पछि सरकारको चर्को आलोचना भएको छ । मानविय समवेदनासंग खेलेर सरकार कमिशनको खेलमा लागेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री ओली रिसाएका हुन् ।

बिचौलिया भन्दै स्वास्थ्यमन्त्रीले आरोप लगाएकाहरु प्रधानमन्त्री ओलीसँग नजिक मानिएका व्यवसायी छन् । ओलीनिकट यसअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि त्रिपाठीले घुमाउरो तरिकाले मुछेका छन् ।

त्रिपाठीले घुमाउरो पाराले प्रधानमन्त्री ओली र पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि आरोप लगाएपछि ओली रु ष्ट भएको र निकटस्थसँग छलफल गरी स्वास्थ्यमन्त्री त्रिपाठीलाई हटाउने संकेत गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

त्रिपाठीले प्रधानमन्त्री ओलीलाई कमिशनको खेलबारे जानकारी गराउँदा पनि वास्ता नगरेको र उल्टै विचौलियालाई संरक्षण गरेको भनी खबरहरु आएका थिए । त्रिपाठीले बिचौलिया भन्दै आरोप लगाएका ओली निकट ऋतु सिंह वैद्य भिजिट नेपाल २०२० को आयोजक कमिटीको अध्यक्ष समेत बनाएका थिए ।

सेरमको नेपाल एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो र विजय दुगड, ऋतु सिंह वैद्य, अभिषेक दुगड र सुरज वैद्यको नाममा छ । चारैजना व्यापारी बालुवाटारसँग नजिक मानिन्छन् । उनीहरुलाई बदनाम बनाएर प्रधानमन्त्री ओलीसँग जोडेको भन्दै बालुवाटार त्रिपाठीसँग रुष्ट रहेको बुझिएको छ ।

५ फागुन २०७७ मा सेरमसँग खरिद गरिएको १० लाख डोज खोप आइपुग्यो । तर, त्यसपछि अर्को १० लाख डोज भने रोकिएको थियो ।

खोप रोकिएको विषयमा सर्वत्र चासो भएको थियो । अहिले आएर कमिशनको खेलले रोकिएको खुलेपछि प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री त्रिपाठीबीच विवाद देखिएको हो ।

Comment