Thursday, June 24

भारतमा यूके, ब्राजिल र अफ्रिकी भेरियन्ट सक्रिय, स्थानीय भेरियन्ट पनि खतरनाक सावित

May 6, 2021 52

Sapana Sanjal : नयाँ दिल्ली : कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृ,त्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृ,त्यु भएको हो ।

योसँगै भारतमा कोरोनाभाइरसका कारण मृ,त्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको पाइएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२ हजार २६२ जना सङ्क्रमित भएको जानकारी दिएको छ । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार ४१० जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार ११३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड ७२ लाख ८० हजार ८४४ पुगेको छ । भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३९८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भइरहेकै अवस्थामा रहेका छन् ।

भारतका विज्ञहरुका अनुसार कोरोनाका नयाँ भेरियन्टका कारण त्यहाँ धेरै कोरोना संक्रमित देखिरहेका हुन्। यी नयाँ प्रकारका कोरोना पहिलेकोभन्दा बढी संक्रामक छन्। भारतको नेसनल सेन्टर फर डिजिज कन्ट्रोलका प्रमुख सुजित कुमार भन्छन्,‘भारतमा यूके भेरियन्ट वाला केही संक्रमणको मामिला सुरुवातमा देखिएको थियो। अब यहाँ स्थानीय भेरियन्टले मानिसलाई संक्रमित बनाइरहको छ।’ भारतमा यूके भेरियन्ट, ब्राजिल तथा अफ्रिकी भेरियन्ट सक्रिय छन्। यी नयाँ प्रकारका कोरोनाले चाँडै मानिसलाई संक्रमित बनाइरहेको छ।

तर भारतमै देखिएको डबल म्युटेन्ट भाइरस पनि अन्य भेरियन्टजस्तै खतरनाक भएको बताइएको छ। B.1.617 भेरियन्ट दुई नयाँ कोरोनाको प्रकारबाट बनेको बताइएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २०९ कोभिडको नमुना परीक्षण गरिएको छ । ती मध्ये १९ लाख २३ हजार १३१ जनाको बुधबार परीक्षण गरिएको हो ।

भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ मात्राको कोरोनाभाइरसविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

Comment