Monday, June 14

४ मन्त्रीसहित १२ सांसदमा कोरोना पुष्टि, प्रधानमन्त्री ओलीको विश्वासको मत संकटमा

May 6, 2021 121

Sapana Sanjal :काठमाडौ ।

वैशाख २७ गते संसद बैठकमा विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन् । संघीय संसदको बैठकअघि गरिएको पीसीआर परीक्षणमा चार सांसदसहित ७ जनामा कोरोना पुष्टि भएको छ। यस अघि पनि कोरोना पुष्टि भएका सांसदहरुलाई जोड्दा अहिले सम्म १२ जना सांसदलाई कोरोना पुष्टि भइसकेको छ ।

केही सांसदहरु अस्पताल भर्ना भएका छन् भने कोही होम आइसोलेसनमा छन् । बुधवार गरिएको परिक्षणमा थप ४ जना सांसद र केही कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

बुधबार सभामुखसहित १ सय २८ सांसद, सचिवालयमा कार्यरत कर्मचारी लगायत बैठकस्थलमा सहभागी हुने ६ सय ९ जनाको पीसीआर परीक्षण गरिएको हो ।

बुधवार परिक्षण गर्दा कोरोना पुष्टि हुनेमा लक्ष्मणलाल कर्ण, पार्वती बीसी चौधरी, नरमाया ढकाल र रामबाबु कुमार यादब छन् । ६ सय ९ जनाको परीक्षण गरिएकामध्ये संसद सचिवालयका तीन कर्मचारीमा पनि कोरोना देखिएको छ।

बाँकी सांसद र कर्मचारीको आज बिहीबार पनि स्वाव संकलन गरिएको थियो । योसँगै अहिलेसम्म मन्त्रीसहित १४ जनालाई कोरोना पुष्टि भएको छ।

नेता तथा सांसद झलनाथ खनाल कोरोना पुुष्ट भएर नर्भिक अस्पतालमा भर्ना छन्, मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, भानुभक्त ढकाल र जुलीकुमारी महतोलाई पनि कोरोना भएको छ। उनीहरु होम आइसोलेसनमा छन् । भानुभक्त ढकाल पनि अस्पतालवाट घर फर्किएका हुन् ।

रघुवीर महासेठ, किसान श्रेष्ठ, सुरेशकुमार राई, पुष्पाकुमारी कर्ण र खिमलाल भट्टराईलाई पनि कोरोना पुष्टि भएको छ ।

यति ठूलो संख्याका सांसदलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन गरेको घोषणा के हुने भन्ने प्रश्न उठेको छ । उनीहरु सहभागी हुन पाउने वा नपाउने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिनका लागि संसद बैठक आह्वान गरिएको हुँदा सांसद र कर्मचारीको कोरोना परीक्षण गरिएको हो।

स्रोतका अनुसार कोरोना पुष्टि भएका सांसदले पनि विश्वासको मत दिने पाउने गरी व्यवस्था गर्ने तयारी गरिएको छ। तर त्यसवारे अहिले सम्म औपचारीक निर्णय भने भएको छैन । कोरोना भएका सांसद बैठकमा सहभागी नहुने तर मतदान भने गर्न पाउने गरी व्यवस्था मिलाइएको स्रातले जनायो।

Comment