Tuesday, June 22

प्रतिनिधि सभाका चार सांसद र दुईजना कर्मचारीमा कोरोना पुष्टि

May 6, 2021 63

Sapana Sanjal : काठमाडौं ।

प्रतिनिधिसभा को विशेष वैठक अघि गरिएको स्वाव परिक्षणमा चारजना सांसद र दुई जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने विशेष वैठक वैशाख २७ बस्दैछ । त्यस अघि सांसद र कर्मचारीको स्वाव परिक्षण गरिएको थियो ।

बुधवार गरिएको पीसीआर परीक्षणको नतिजा बिहीबार आउँदा चार संसद बाहेक अन्यको नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ ।

कतिपय सांसद यसअघि नै सं,क्रमित भएर अस्पताल र आइसोलेसनमा छन् । हिजो सभामुखसहित १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसका लागि सांसदको कोरोना परीक्षण गरिएको हो । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने घोषणासंगै राजनीतिक दलका नेताहरुबीच दौडधुप सुरु भएको छ ।

ओली इतरका नेताहरु उनलाई कसरी हराउने भन्ने योजना बनाउन लागेका छन् । ओलीले आफुले विश्वासको मत पाउने अवस्था नदेखिए फेरी संसद भंग गर्ने संकेत समेत गरिसकेका छन् ।

Comment