Tuesday, June 22

एकाबिहानै ओली किन पुगे सितल निवासमा राष्ट्रपति भण्डारीलाई भेट्न ?

May 6, 2021 109

Sapana Sanjal : काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकेर फेरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् ।

भर्खरै मात्र स्थायी कमिटी बैठक सकिएको हो । पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका थिए ।

बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् । संसदबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको प्रतिनिधिसभाको बैठक, दलहरूसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको बताइएको छ ।

उनले आफुलाई विश्वासको मत दिन आग्रह सहित बुधवार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई उनको निवास बुढानिलकण्ठमै गएर भेटेका थिए । तर देउवाले भने प्रष्ट रुपमा आफुहरुले विश्वासको मत नदिने बताएका छन् ।

जसपामा पनि उनलाई सहयोग गर्ने कुरामा एक मत देखिएको छैन । डा बाबुराम भट्टराई र उपेन्द्र यादवको समुहल प्रधानमन्त्रीको विकल्प खोज्न जुटेका छन् ।

बैठकमा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको बैठक र दलहरूसँग भएका छलफलको बारेमा जानकारी दिइएको थियो ।

माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादीसहितका दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सूचना प्राप्त भएपछि ओलीले आकस्मिक बैठक बोलाएका थिए । बैठकले माधव नेपाल पक्षका नेतालाई कारवाही गर्ने अनुमान पनि गरिएको छ । एमाले केन्द्रीय कमिटीले कारवाही लगायतका निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

Comment