Tuesday, June 22

भर्खरै सकिएको सिडिओको बैठकले फेरी बढायो निषेधाज्ञा: पसल पनि खोल्न नपाइने, यस्ता छन् अरु कडा नियम

May 4, 2021 50

Sapana Sanjal : काठमाडौ ।

काठमाडौं उपत्यकामा जारी नि,षेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म नि,षेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आगामी एक साताका लागि नि,षेधाज्ञा लम्ब्याइएको जानकारी दिए।

बैठकले दैनिक उपभोग्य सामान बेच्ने पसलहरु संचालन गर्ने समय पनि तोकेको छ ।बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ।
बिहान भने ९ बजेसम्म भने पसल सञ्चालन हुन पाउने छन्। फुटपाथका पसल बन्द गरिने भएको छ। नि,षेधाज्ञामा बजार पसल खोल्ने समय परिमार्जित गर्दै नि,षेधाज्ञा समेत बढाइएको हो ।

यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा नि,षेधाज्ञाको समय बुधवार राति १२ बजेसम्मका लागि तोकिएको थियो। त्यसको पूर्वसन्ध्यामा बैठक बसेर नि,षेधाज्ञाको समय लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ।

नि,षेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ।

पत्रकारहरूको हकमा सूचना विभागको कार्डको अनिवार्य गर्ने प्रजिअ पराजुलीले बताए। उनका अनुसार अब देखि अनावश्यक रूपमा हिँडडुल गर्नेहरूलाई कारबाही गर्ने समेत तयारी जिल्ला प्रशासन कार्यालयको तयारी छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले नि,षेधाज्ञा लगाउन सक्ने प्रावधान छ।

Comment