Tuesday, June 15

सरकारले सुन्यो जसपाको माग, १२० अभियुक्तका मुद्दा फिर्ता (यस्तो छ नाम लिष्ट)

April 28, 2021 84

Sapana Sanjal : काठमाडौँ ।

सरकारले जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

जसपालाई सरकारमा सहभागी बनाएर आफ्नो सरकार बचाउन तर्फ लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा फिर्ता लिने आश्वासन दिएका थिए ।

Comment