Friday, October 15

नरेन्द्र मोदीलाई बज्रपात, कोरोनाले लग्यो मोदीको घरका सदस्यलाई

April 28, 2021 441

Sapana Sanjal : एजेन्सी ।

भारतमा महामारीका रुपमा फैलीएको कोरोनाले भातरका प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको मृ,त्यु भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार मोदीकी काकी नर्मदाबेन मोदीको उपचारका क्रममा अहमदाबादस्थित एक अस्पतालमा मंगलबार मृ,त्यु भएको हो।

निकै प्रयास गर्दा पनि डाक्टरले उनलाई बचाउन सकेनन्। ८० वर्षीया उनी अहमदाबादको न्यु रानिप क्षेत्रमा आफ्ना सन्तानका साथ बस्थिन्।

प्रधानमन्त्री नरेन्द्र मोदीका कान्छो भाइ प्रह्लाद मोदीका अनुसार कोरोना संक्रमण भएपछि उनीहरूकी काकी नर्मदाबेनलाई १० दिनअघि सिभिल अस्पताल भर्ना गरिएको थियो। तर उपचारका क्रममा आज उनको मृत्यु भएको हो।

उनका अनुसार उनीहरूकी काकीका श्रीमान् जगजीवनदास प्रधानमन्त्री मोदीका पिता दामोदरदासका भाइ थिए। उनको धेरै वर्ष पहिले मृत्यु भइसकेको छ। भारतमा कोरोनाको महामारीले उग्र रुप लिएको छ ।

लाखौं मानिस दिनहुँ संक्रमित भएका छन् भने हजारौंको मृत्यु भएको छ । अन्तिम संस्कार गर्ने स्थान समेत नहुँदाको अवस्था निकै पी डादायी छ ।

Comment