Friday, October 15

अब कोरोना हुनेले पनि बिमा रकम नपाउने

April 28, 2021 211

Sapana Sanjal : काठमाडौ ।

गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि सकिएका कारण अब कोरोना भएकाहरुले पनि विमा रकम नपाउने भएका छन् ।
कोरोना विमा अवधी असारदेखि सकिने भएको छ। १९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा कोरोना बीमा योजना ल्याएका थिए । तर अब असारवाट म्याद सकिएका कारण बीमा रकम नपाइने भएको हो ।

यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने बताइएको छ । सरकारले रकम भुक्तानी नगरेको भन्दै यसअघि बीमाको निवेदन दिएकाहरुले पनि रकम पाउन सकेका छैनन् ।

असार पछि बीमा गरेका पनि त्यसपछि आवेदन दिनेहरूले भुक्तानी दावी गर्न पाउने छैनन्। नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले असार मसान्तपछि संक्रमित हुनेले कोरोना बीमा दावी गर्न नसक्ने बताए।

बीमा कम्पनीहरुले अब असार पछि कुनै पनि कोरोना बीमा संचालन पनि नल्याउने बताएका छन् । उनका अनुसार कोरोना बीमा सम्बन्धी मापदण्डमा नै असारसम्म मात्रै लागू हुने गरी स्पष्ट व्यवस्था गरिएको छ। तर आवेदन दिएर प्रमाणित भइसकेकालाई भने क्रमिक रूपमा रकम भुक्तानी गर्दै लगिनेछ। हाल कोरोना बीमाको भुक्तानी दायित्व सरकारमा सरेको छ।

एक अर्ब निर्जीवन बीमा कम्पनीहरूले, एक अर्ब नेपाल पुनर्बीमा कम्पनीले, ५० करोड रूपैयाँ बीमकको महाविपत्ति पुलले, एक अर्ब बीमा समितिले खर्च बेहोरेका छन्।

साढे तीन अर्ब रूपैयाँ यसरी जुटे पनि बाँकी रकम नेपाल सरकारले बेहोर्ने गरी मापदण्ड तयार भएको थियो। तर सरकारले समयमै भुक्तानी नदिँदा सर्वसाधारणले दावी भुक्तानी पाउन ढिला भएको छ।

Comment