Wednesday, September 22

कोरोनाले थलिएको भारतमा फेरी आयो अर्को ठूलो विपत्ती, मानिसहरुको भागाभाग

April 28, 2021 193

Sapana Sanjal : काठमाडौ ।

कोरोनाले थलिएको भारतमा फेरी अर्को ठूलो विपत्ती आएको छ । भारतको असममा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ। भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार बुधबार बिहान ७.५१ बजे ६।४ म्याग्निच्युडको भूकम्प गएको हो। भुकम्पले ठूलो क्षती गरेको बताइएको छ । तर त्यसको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

क्षतिको एकिन विवरण प्राप्त भइसनसकेको भए पनि भूकम्प गएका क्षेत्रमा ठूलो क्षति भएको खबर आइरहेको भारतीय पत्रिका अमर उजालाले जनाएको छ।

उसका अनुसार थुप्रै पर्खाल र रूढ ढलेका जानकारी प्राप्त भइरहेका छन्। रुखहरु ढलेका छन् । असम राज्यका मुख्यमन्त्री सर्बानन्द सोनोवालले हरेक नागरिक सुरक्षित रहुन् भन्ने कामना गरेका छन्। राज्यका सबै जिल्लाको क्षतिको विवरण संकलन भइरहेको उनले बताएका छन्।

गुवाहटी र तेजपुरमा भूकम्पको तीव्र झट्का महसुस भएको थियो। मानिसको भागाभाग भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पका कारण त्यहाँ ठूलो क्षति भएको पनि बताइएको छ। यस बाहेक, उत्तर बंगाल र बिहारका केही क्षेत्रमा भूकम्पको भूकम्प पनि रिपोर्ट गरिएको छ।

 

Comment