Friday, October 15

आफैले जारि गरेको नियमलाइ सच्च्याउदै उपत्यकाकामा यी नियम लागु हुने, बनाइदिने भयो सहज ! अब के गर्न पाइन्छ के पाइदैन ?

April 28, 2021 213

Sapana Sanjal : काठमाडौं ।

जिल्ला प्रशासनका कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि लागू हुने गरी थप आदेश जारी गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश जारी गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने उल्लेख छ।

तर उक्त सवारीमा दुलहा-दुलही पनि हुनुपर्नेछ भने १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ। तर पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ।

जारी आदेशमा मृत्यु, संस्कार र बिरामी कुरुवाको रुपमा रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात, निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवदेन दिनुपर्ने उल्लेख छ ।

साथै बैक तथा वित्तीय संस्था, वीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोवार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचय पत्रका आधारमा सञ्चालन हुन पाउनेछन्।

यस्तै कुरियर र डाँक सेवालाई पनि अत्यावश्यक सेवामा राखिएको छ। काठमाडौं उपत्यकाभित्र वैशाख १६ देखि २२ गतेसम्म पहिलो चरणमा निषेधाज्ञा हुनेछ। मन्त्रिपरिषदले निषेधाज्ञा कम्तीमा १५ दिन गर्न भनेकोले वैशाख २२ गतेपछि पनि निषेधाज्ञा जारी रहनेछ।

यस्तो छ थप आदेश:

Comment