Wednesday, September 22

कोरियन भाषा परिक्षा पास भएका र पढ्दै गरेकाहरुको भविष्य अब के हुन्छ ? कस्तो छ कोरिया जाने सम्भावना ? (भिडियो हेर्नुस्

April 27, 2021 139

Sapana Sanjal : काठमाडौ ।

कोरियन भाषा परिक्षा पास गरेर कामको पनि टुंगो लागीसकेका करिब ५ हजार नागरिक कोरिया जान नपाएर बसेका छन् । भाषा परिक्षा पास गरेर कोरियाको कम्पनीमा श्रमको लागि सम्झौता समेत भएर टिकट समेत लिएकाहरु जान पाएका छैनन् । यस्तो अवस्थाका नागरिकहरुको भविष्य अब के हुन्छ ? कोरियन भाषा प्रशिक्षक हुन् यिनी ।

कोरोना भाइरसको महामारीका कारण यसवर्षको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषा परीक्षा पनि प्रभावित हुने भएको छ । लकडाउनका कारण परीक्षाको तयारी गरिरहेका परीक्षार्थी मात्रै हैन, सरकार पनि अलमलिएको छ ।

कोरियाले २०२१ लागि हुने परीक्षाका लागि अहिलेसम्म कार्यतालिका पठाएको छैन भने नेपालले पनि आफ्नो तर्फबाट गर्नुपर्ने सबै खालका तयारी पूरा गर्न नसकेको ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।

चैतको ११ गतेबाट नेपालमा लकडाउन भएपछि अन्तर्राष्ट्रिय उडान बन्द भयो । त्यसपछि पनि कोही कामदार कोरिया जान पाएका छैनन् । कोरियाले भिसा दिएको तीन महिनाभित्रै कोरिया पुग्नुपर्ने नियम हुन्छ । तर, थुप्रै कामदारको यस्तो अवधि कटिसकेको छ । यस्तो अवस्थामा भिसा अवधिलाई मान्य बनाइरहन नेपालले कोरियालाई आग्रह गरेको निर्देशक खनालले बताए ।

सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२ हजार कामदार अझै जाने क्रम सुरु भएको छैन । कोरोनाको महामारी अघिसम्म २०१८ र १९ का लागि पास भएकाहरु गइरहेका थिए । २०२० को लागि भाषा परीक्षा पास गरेकाहरुले अहिले ‘लेबर कन्ट्रयाक्ट आइरहे पनि उनीहरु जानसक्ने अवस्था छैन ।

भाषा परीक्षा पास भएको दुई वर्षसम्म ‘लेबर कन्ट्रयाक्ट’ आएका कामदार कोरियामा जान पाउँछन् । अब आगामी वर्षको परीक्षा प्रभावित हुने भएपछि अब धेरैजसो ईपीएसका नियमित तालिकाहरु प्रभावित हुने अवस्था आएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

Comment