Friday, June 18

मन्त्रीलाई कोरोना पुष्टि, सैनिक अस्पताल भर्ना

April 27, 2021 104

Sapana Sanjal : काठमाडौ ।

कोरोनाको दोस्रो लहरको महामारीमा पहिलो पटक मन्त्रीलाई कोरोना पुष्टि भएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएको छ। उनलाई सोमबार कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ।

रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। उनी हालै गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागि भएर काठमाडौं फर्किएका थिए।

सरकारले काठमाडौं उपत्यकाका ३ सहित देशका ९ जिल्लामा १५ दिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बसेको सीसीएमसीको सिफारिसअनुसार संक्रिय संक्रमितको संख्या २ सय नाघेका पहाडी र ५ सय नाघेका सहरी क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

जसअनुसार बिहीबारदेखि उपत्यकाका ३ जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुँदैछ भने बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती क्षेत्रमा यसअघिदेखि नै निषेधाज्ञा लागू भइसकेको छ। यस्तै सुर्खेतमा आज मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिँदैछ।

Comment