Saturday, October 16

काठमाडौँको गोकर्णेश्वरमा घट्यो दुखद घटना : एनएमसी पुग्नेबित्तिकै चिकित्सकले गरे यस्तो घोषणा

July 31, 2021 216

Sapana Sanjal : काठमाडौँ, १५ साउन । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको निधन भएको छ ।

शुक्रबार बिहान करिब सवा ८ बजे गोकर्णेश्वर नगरपालिका अत्तरखेलमा ट्रकले पैदलयात्रुलाई ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय बौद्धका प्रहरी निरीक्षक सुरजबहादुर खड्काका अनुसार जोरपाटीबाट गोकर्णेश्वर जाँदै गरेको बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले पैदल यात्रुलाई ठक्कर दिएको हो ।

दुर्घटनामा रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्काको मृत्यु भएको छ । दुर्घटनालगत्तै उनलाई प्रहरीले उपचारका लागि एनएमसी अस्पताल पुर्याएको थियो ।

त्यहाँ पुर्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।

Comment