Saturday, October 16

काठमाडौँको जरङ्गखुबाट काभ्रेस्थली जाँदै गरेको बस दुर्घटना, ५ जना घाईते

July 31, 2021 168

Sapana Sanjal : काठमाडौँ, १५ साउन । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थली-२ भेडीगोठमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

आज बिहान जरङ्गखुदेखि काभ्रेस्थली जाँदै गरेको बा ४ ख ८२८६ नम्बरको बस अनियन्त्रित भई बाटोबाट ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परि घाइते भएका बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको बताईएको छ ।

घुम्टी बाटोमा गति अनियन्त्रित हुँदा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस्तै बस दुर्घटना भएनजिकै विपरीत दिशाबाट आएको बाग्मती प्रदेश ०१९ प १०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टेको थियो ।

बाइक चालक प्रतीक कुँवरका अनुसार अगाडी तिब्र गतिमा आएको गाडीका कारण मोटरसाइकलले नियन्त्रण गुमाएको हो ।

Comment