Saturday, September 18

इनार खन्दा भेटियो झन्डै १२ अर्बको नीलमणि

July 28, 2021 164

Sapana Sanjal : श्रीलंकाका अधिकारीहरूले विश्वको सबैभन्दा ठूलो निलमको एक क्लस्टर (समूह) फेला परेको जनाएका छन् । रत्नसम्बन्धी व्यापारीका अनुसार उक्त निलम ती व्यक्तिको आँगनमा इनार खन्ने क्रममा मजदुरहरूले फेला पारेका हुन् । यो घटना श्रीलंकाको रत्नपुराको रहेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार सो क्षेत्रमा प्रचुर मात्रामा रत्नहरू रहेका छन् ।

विज्ञहरूले ५१० किलोग्रामको उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर (११ अर्ब ८८ करोड रुपैयाँ) रहेको बताएका छन्। उक्त निलमको तौल ५१० किलो रहेको छ । र, उक्त निलमलाई सेरेन्डिपिटी सफायर (भाग्यले मिलेको हिरा) नाम दिइएको छ ।

बीबीसीका अनुसार उक्त निलम भेटिएको घरका मालिकले बताएका छन्- इनार खनीरहेका व्यक्तिहरूले केही दुर्लभ रत्न भेटिने सम्भावनाका बारेमा बताएका थिए । र, खन्ने क्रममा उक्त विशाल हिरा भेट्टिएको हो । सुरक्षाका कारण देखाउँदै ती व्यक्तिले आफ्नो पूरा नाम र यकिन ठेगाना बताएका छैनन् ।

‘इनार खनिरहेको मान्छेले मलाई अनौठा ढुंगाहरू भेटिएको भनेर जानकारी गराएका थिए, पछि त यति ठूलो नीलमणि भेटियो,’ गामागे नाम गरेका ती रत्न व्यापारीले भने। सुरक्षाका कारण उनले आफ्नो पूरा नाम बताउन चाहेनन्।

गामागेको परिवार तीन पुस्तादेखि रत्न व्यापार गरिरहेको छ। ठूलो ढुंगो भेटिएपछि उनले यो नीलमणि हो कि होइन भनेर जाँच्न अधिकारीहरूलाई खबर गरेका थिए। त्यसमा लागेको हिलो र अन्य कुरा हटाएर त्यसलाई शुद्ध नीलमणि प्रमाणित गर्न झन्डै एक वर्ष लागेको थियो।

Comment