Saturday, September 18

दिल्लीमा परिक्षणका लागि पठाइएका सबै नमुना डेल्टा भेरियन्ट पुष्टि भएपछि मन्त्रालयले जारी गर्यो यस्तो विज्ञप्ती, मंगलवार कति थपिए नयाँ संक्रमित ?

July 28, 2021 119

Sapana Sanjal : काठमाडौ । नेपालमा परिक्षण नहुने भएकाले भारतमा परिक्षणका लागि पठाइएको नमुनाहरु सबैमा नयाँ भेरियन्ट पुष्टि भएको छ । भारतमा महामारीको रुप लिएको को रोनाको नयाँ भेरियन्ट नेपालमा पनि बढ्दो क्रममा छ । नेपालमा नयाँ भेरियन्टको परिक्षण गर्ने समेत ब्यवस्था छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको नयाँदिल्ली पठाएका सबै ४७ वटा नमूनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले मंगलवार प्रेस विज्ञप्ति जारी सो कुराको पुष्टि गरेका हुन् । नयाँ भेरियन्ट खतरनाक तरिकाले फैलदै गएको तर्फ सचेत गराउँदै मन्त्रालयले सूचना जारी गरेको छ । सूचनामा महामारीको सम्भावित तेस्रो लहरको चुनौती देखिएकाले अधिकारीले सर्वसाधारणलाई तयारी गर्न आग्रह गरेका छन् । नेपालमा हालसम्म अल्टा, डेल्टा र कप्पा भेरियन्ट पुष्टि भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् । मंगलबार थपिएकासँगै नेपालमा संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ५७३ पुगेको छ । तीमध्ये ९ हजार ७५८ जनाको मृत्यु भएको छ भने ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ जना रहेका छन् । जसमध्ये २५ हजार ९३८ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । बिरामीमध्ये ६११ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

१० वर्ष मुनिका ७९ बालबालिकामा संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका २५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं ४७५, कास्कीमा २७८, झापामा २६१, मोरङमा २४९, चितवनमा १९३, सुनसरीमा १८९ र ललितपुरमा १६७ र भक्तपुरमा १३२ जनामा संक्रमण देखिएको छ ।

यस्तै मकवानपुरमा ७९, नवलपारसी पूर्वमा ६६, दोलखामा ५५, कैलालीमा ४९, नुवाकोटमा ३९, तनहुँमा ३६, काभ्रेपलाञ्चोकमा ३३ र धनकुटामा ३१ जना संक्रमित थपिएका छन् ।

बागलुङमा २८, पाँचथरमा २३,धादिङ, स्‍याङजा , रुपन्देही र सुर्खेतमा १९, १९ जना, बर्दियामा १६, रामेछापमा १४, दाङमा १३, गोरखा र बाँकेमा १२,१२ जना, सर्लाही, सिरहा र सिन्धुपाल्चोकमा ११,११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comment