Saturday, September 18

‘पार्टी भित्र कुनै वैचारिक मतभेद छैन, माधव नेपाल घाँस भित्रको हरियो सर्प भए’

July 25, 2021 95

Sapana Sanjal : काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थाले प्रतिगमन निम्तिएको र संविधान समेत कुल्चिएको बताएका छन् । उनले एमालेभित्रकै केही ब्यक्तिगत स्वार्थ बोकेका ब्यक्तिहरुकै कारण अहिलेको अवस्था आएको बताएका छन् । अखिल नेपाल महिलासंघको पहिलो सचिवालय बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यसले नेपाली राजनीतिमा दुरगामी गम्भिर असर गर्ने बताएका छन् ।

संविधानको अपब्याख्या भएर परमादेश मार्फत प्रधानमन्त्री नियुक्ती गरिएको भन्दै यसो हुनुमा अन्तराष्ट्रिय शक्तिको पनि हात रहेको बताएका छन् । उनले विगत देखि नै कम्युनिष्ट पार्टी एक हुन नदिने षडयन्त्र हुँदै आएको केही उदाहरण पेश गर्दै उनले पार्टी भित्रकै केही ब्यक्तिको ब्यक्तिगत स्वार्थ, इश्यार्लुपन र पदलोलुपताका कारण पार्टीमा समस्या उत्पन्न भएको र उनीहरुले खेल्ने मौका पाएको बताएका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रति संकेत गर्दै उनले उनले पार्टी भित्र बढ्दै गएको गुटबन्दी रोक्ने कोशिष गर्दा अन्तराष्ट्रिय शक्ति मिलेर भयानक षडयन्त्र भएको बताए । उनले नेपाललाई हरियो स र्पको संज्ञा दिए । उनले भने, घाँसको मुठो पनि नछोड्ने र त्यहीँ भित्र लुकेर अनेक षयडन्त्र गर्ने हरियो स र्पलाई सबैले चिनौं । उनले अहिलेको अवस्थावाट नआत्तिन र बिचलित नहुन महिला नेताहरुलाई आग्रह पनि गरे । केही बेर सुर्य छेकिएको छ, हतोत्साही नहुने एमालेको सुर्य कमजोर हुँदैन यसले आफ्नो सहि बिचार र मार्ग परित्याग गर्दैन ।

अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमले जनजिविकामा राजनीति जान रोकिएको, राजनीतिलाई जनतावाट अलग गर्न खोजिएको र राजनीतिक पार्टीहरुको हातवाट समेत राजनीतिलाई अलग गर्न षडयन्त्र भएको भन्दै सजग रहन आग्रह गरे । उनले यस्तै संकेत देखेर आफुले जनादेशमा जाने निर्णय गर्दा राष्ट्रिय अन्तराष्ट्रिय षडयन्त्र भएको बताए । उनले विपक्षी र आफ्नै पार्टीमा माधव नेपाल पक्षले अदालतको निर्णयले केही बेरका लागि आनन्द मानेको भएपनि त्यसले दुरगामी प्रभाव पर्ने तर्फ पनि सचेत गराएका छन् ।

उनले भने, अहिले केही मानिसलाई आनन्द लागेको होला तर यसले दुरगामी प्रभाव पार्छ । राजनीतिक क्षेत्रमा अदालतको प्रवेश र संविधानको अवब्यख्या भएकाले देशको भविष्यको लागि चिन्ताको विषय हो । एमाले सरकारवाट हट्नु मात्र ठूलो कुरा होइन लोतान्त्रिक अभ्यास, दलिय प्रणालीको अभ्यास जनतावाट निर्णय हुनुपर्ने कुरा र शक्ति प्रिथकीकरणको सिद्दान्तभन्दा बाहिर गयो यो निकै गम्भिर कुरा हो ।

अहिलेको गठबन्धन सरकार बिचार र सिद्धान्तमा नमिले पनि सबै खानका लागि कृतिम ढंगले प्रतिकृयावादी डिजाइनमा मिलेको भन्दै त्यसले गलत परिपाटीको विकास भएको बताए । उनले भने, हाम्रै पार्टी फुटाएर, हाम्रै साथीहरुको अगुवाईमा प्रतिगमनको आयोजना भयो । माओवादीको कुरा छोडौं उनीहरुको टुप्पी अर्कैको हातमा छ , आफुलाई एमाले भन्ने, पार्टी फुटाउने अन्तरघात गर्ने र पार्टीलाई ध्वस्त बनाउन खोज्ने र पार्टीलाई नै बहुमत पुग्न नदिने ब्यक्तिहरुको संलग्नतामा गम्भिर षडयन्त्र भएको छ ।

उनले संविधानकै रक्षा गर्नु माधव नेपाल पक्षको उद्देश्य भए आफुले प्रधानमन्त्रीका रुपमा विश्वासको मत माग्दा मत दिएर किन संसदको रक्षा नगरेको भन्दै प्रश्न उठाए । उनले भने, संसदको रक्षा गर्न चाहनेले आफ्नै पार्टीका अध्यक्षले विश्वासको मत नदिएर बहिष्कार गर्दैन । संसद जोगाउन होइन कम्युनिष्ट ढाल्न र दक्षिणपन्थी सरकार बनाएर नुनको सोझो गर्न वहिष्कार गरिएको हो ।

Comment