Saturday, October 16

कुवेतमा एक महिला र दुईजना पुरुषको मृत्यु

July 25, 2021 193

Sapana Sanjal : काठमाडाैं । कुवेतमा तीन जना नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङका अमिर तामाङ, धनकुटाकी सुमित्रा तामाङ र सिराहाका राजिउल्लाह मोहम्मद छन् ।

लमजुङका २५ वर्षीय तामाङको आफ्नो कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार मृतक तामाङ गत वर्षको नोभेम्बरमै घर फर्किनको लागि कम्पनीबाट पासपोर्ट लिएर हिँडेको र गैरकानुनी रुपले कुवेतमै बस्दै आएका थिए ।

मृतक तामाङ ५ वर्ष अघि रोजगारीका कुवेत पुगेका थिए। यस्तै, धनकुटाकी सुमित्रा तामाङले आफू बस्ने कोठामा रहेको पंखाको सिलि ङमा झु ण्डि ए र मृत्युवरण गरेकी हुन्।

घरेलु महिलाको रुपमा कार्यरत तामाङले कुवेतको साल्मियामा रहेको घरमालिकको अपार्टमेन्टमा मृत्युवरण गरेको कुवेत प्रहरीले जनाएको छ।

उनी गैरकानुनीबाट हुँदै त्यहाँ पुगेर लेवनानी नागरिकको घरमा कार्यरत थिइन् ।

Comment