Saturday, September 18

काठमाडौंमा श्रमिकको ज्यालादर ५ प्रतिशतले बढ्यो, यस्तो छ ज्यालाको दररेट

July 24, 2021 100

Sapana Sanjal : काठमाडौं- काठमाडौं जिल्लामा निर्माणका श्रमिकको ज्यालादर ५ प्रतिशतले बढाएर ७ सय ९० रुपैयाँ बढाइएको छ। यसअघि दैनिक ज्याला ७ सय ५० रुपैयाँ थियो।

आर्थिक वर्ष ०७८/७९ का लागि काठमाडौं जिल्लाका ज्याला दर तथा निर्माण सामग्रीको दर रेट निर्धारण समितीको बैठकले उक्त निर्णय गरेको हो।

समितीले फोहोर ढल सफा गर्ने श्रमिकको दैनिक ज्यालादर ५५ रुपैयाँ बढाएर एक हजार एक सय २५ रुपैयाँ पुर्‍याएको छ।

दक्ष डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार, बज्रकर्मीसहित प्लम्बर, ढुंगा र काठमा बुट्टा काट्ने साधारण मुर्तिकार, चित्रकार र आर्टिस्टको दैनिक ज्यालादर ५० रुपैयाँ दर एक हजार ८० रुपैया पुर्‍याइएको छ।

यसैगरी सामान लोड गर्ने कामदारको हकमा एक सय केजीको २३ रुपैयाँ पुर्‍याइएको छ। यसअघि २१ रुपैयाँ ५० पैसा रहेको थियो।

Comment