Saturday, September 18

जोन्सनको खोप लगाउनासाथ धादिङमा एक जनाको मृत्यु

July 24, 2021 114

Sapana Sanjal : काठमाडौ । एक डोज मात्र लगाए पुग्ने अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएपछि एक जनाको निधन भएको छ । धादिङको नीलकण्ठ नगरपालिकामा यो खोप लगाएका एक पुरुषको निधन भएको छ । खोप लगाएका वृद्ध ब्यक्तिको निधन भएपछि अनुसन्धान थालिएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती वृद्धको केही समयपछि निधन भएको हो ।

खोप लगाएको केही समयमा नै उनको निधन भएपछि त्यो कुराको अनुसन्धान सुरु भएको छ । तर उनको निधन खोपका कारण नै भएको हो भन्ने पुष्टि भने भएको छैन । के कारणले निधन भयो त्यसको खोजी थालिएको हो । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।

शाखाका प्रमुख डा। झलक शर्मा गौतमले घटनास्थलमा टोली गएको जानकारी दिएका छन् । खोपकै कारणले वृद्धको निधन भएको हो भनेर अहिले नै भन्न नमिल्ने पनि उनलेब बताए । ,टोलीले अध्ययन गरेपछि मात्र ठोस कुरा भन्न सकिन्छ’ उनले भने ।

Comment