Saturday, October 16

चितवनमा मृत भेटिएका सेनाका हुद्दालाई सेनाकै सिपाहीले नै सि’ध्याए !

July 24, 2021 105

Sapana Sanjal : भरतपुर महानगरपालिका–१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको ज्या न सेनाकै जवानले गरेको खुलेको छ । पक्राउ पर्नेमा भरतपुर–२१ का २६ वर्षीय गंगाधर ढकाल छन् । धादिङ निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय गुरुङ र ढकाल दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहीवार बिहान झोलामा रहेको ह’तिया’र निकालेर मोटरसाइकल पछाडि बसिरहेका अवस्थामा ह’ ‘त्या गरेको जानकारी दिइयो ।

जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले चितवनमा बैना गरिएको जग्गा पासका लागि आएका भरतको उनकै विश्वासिला साथी ढकालले ज्या न लिएको बताए। एसपी अधिकारीका अनुसार भरतपुर-२१ का गंगाधरलाई गुरूङले विश्वास गरेर बैंकको चेक नै दिएका थिए। भरतको चेक प्रायजसो गंगाधारसँगै हुन्थ्यो।

साउन २ गते भरतको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाताबाट गंगाधर आफैंले भरतको हस्ताक्षर गरी ९ लाख रूपैयाँ निकालेका थिए। यसबारे भरतलाई भने थाहा थिएन। एसपी अधिकारीकाअनुसार गंगाधरले बयानमा भरतको हस्ताक्षर सजिलो भएकाले आफैंले उनको हस्ताक्षर गरेर पैसा निकालेको बताएका छन्।

भरतले जग्गा किन्नका लागि भनेर राखेको रकम गंगाधरले आफ्नो घरमा लगेर ६ लाख रूपैयाँ श्रीमती र २ लाख रूपैयाँ बुवालाई दिए। बाँकी एक लाख रूपैयाँ आफैंले राखे।काठमाडौंस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको महेन्द्रदल गणमा कार्यरत भरतले साउन ५ गते चितवन आउनका लागि बिदा लिए। साथी गंगाधरलाई चितवन जानका लागि लिन आउन बोलाए। गंगाधरकै मोटरसाइकलमा आएका उनीहरू सो दिनको राति चितवनको एक होटलमा बास बसे।

६ गते भरत गुरूङ भरतपुर-१९ शारदानगरस्थित माइला बुवाको छोरा रविन गुरूङको घरमा पुगेर झोला राखे। त्यसपछि गंगाधरकै मोटरसाइकल चढेर बजारतिर निक्लिए।
सो दिन राति उनीहरूले एक होटलमा बसेर मापसे गरेको एसपी अधिकारी बताउँछन्।

‘भरत सोझो रहेछ, र क्सी पनि अ त्य धिक खा ने रहेछ,’ अधिकारीले भने, ‘रातभर र क्सी खा एर गंगाधरले भरतलाई मोटरसाइकलमा राखेर डुलाउँदा बिहानै भएछ।’अधिकारीले दिएको जानकारीमा बिहान करिब ६ बजेतिर शारदानगरको सिमलडाँडामा पुगेपछि गंगाधरले पिसाब फेर्ने भनेर मोटरसाइकल रोकेका थिए।‘भरत फर्किएर मोटरसाइकलमा आड लगाएर बसे। गंगाधरले झोलामा रहेको ह’ति’या’र ‘ए’स’ए’म’जी’ झि”केर भ’रतको टा’उ’को’मा ए’क रा’उ’ण्ड गो’ ‘ली हा’ने’छ’न्, ।’

प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ढकालले गुरुङ मोटरसाईकलबाट ल’डेप’छि बो’केर सात–आठ मिटरको दूरीमा रहेका कु’लोमा फा’लेर फ’रार भएको जानकारी दिए । अभियुक्त ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरिएको उनले बताए । उनले ढकाललाई मुलुकी अ’परा’धसं’हि’ता २०७४ परिच्छेद १२ ज्या’नस’म्बन्धि कसुर अन्तर्गत जन्मकैदको माग दावी गर्दै मुद्दा दर्ता गरिने बताए ।

Comment