Saturday, September 18

उमेरले ४४ बर्ष टेकेकी पबित्रा पेप्सीकोलाबाट पक्राउ, अब ३ दिन जेल बस्नुपर्ने

July 21, 2021 117

Sapana Sanjal : काठमाडौं, साउन ५ । बैंकिङ कसुर मुद्दामा दोषी ठहरिएकी एक जना फरार दोषी पक्राउ परेकी छन्।

सोमबार उक्त मुद्दाका दोषी काठमाडौं पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठ काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेकी हुन्।

उच्च अदालत पाटनबाट दोषी ठहर भएकी श्रेष्ठलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपनि झुक्याएर पीडितलाई चेक दिएकी थिइन्। श्रेष्ठले दिएको नबिल बैंकको चेकबाट रकम भुक्तानी नभएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए।

यसपछि अदालतले उनलाई गत वर्ष चैत १ गते दोषी ठहर गरेको थियो। बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको उनलाई तीन दिन कैद र १४ लाख जरिवाना हुने फैसला अदालतले सुनाएको थियो।

Comment