Saturday, September 18

यी प्रदेशमा आज भारी वर्षा हुने, आगामी २४ घण्टाका लागि चेतावनी दिँदै महाशाखाले यस्तो भन्यो

July 21, 2021 94

Sapana Sanjal : काठमाडौँ – हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।त्यस्तै रातिमा प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी दिँदै महाशाखाको बुलेटिनमा भनिएको छ, ‘लुम्बिनी, गण्डकी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

Comment