Tuesday, August 3

भक्तपुरको जगातीबाट राजन पक्राउ : ड्युटीका प्रहरीलाई नै यस्तो गरेछन

July 20, 2021 77

Sapana Sanjal : भक्तपुर, २०७८ साउन ३ – सूर्यबिनायक नगरपालिका-८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हात पात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले प क्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मा दक पदा र्थ से वन गरी आएका राजनले सोधपुछको क्रममा हातपात गरेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्ने दोलखा तामाकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय अर्जुन मग्राती रहेका छन् ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा झोलामा लुकाई ल्याएको उक्त छाला फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comment