Tuesday, August 3

सांसद पदवाट राजिनामा दिएपछि भिम रावलले भने, ‘नेताहरु निजी स्वार्थमा लागे, मैले सहन सकिन ‘

July 18, 2021 65

Sapana Sanjal : काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्य पदबाट आइतवार राजीनामा दिएका छन्। पार्टी एकता कायम राख्न आफुले गरेको प्रयास सफल नभएपछि उनले राजिनामा दिने घोषणा गरेका हुन् । सुरुमा सामाजिक सञ्जालमा राजीनामा घोषणा गरेका उनले आइतवारै संघीय संसद भवनमा पुगेर सभामुख अग्नि सापकोटालाई राजीनामा पत्र बुझाएका हुन्।

नेकपा एमालेको आन्तरिक विवाद चर्किँदै गर्दा उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्। प्रधानमन्‍त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिने कि नदिने विवादबीच आइतबार अपरान्ह उनले राजीनामाको घोषणा गरेका हुन्। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएका हुन्।

ुराजिनामा बुझाएर बाहिर निस्केका रावलले पत्रकारहरुसंग कुरा गर्दै भने देशको हितविरुद्ध भइरहेको काम रोक्न मैले प्रयत्न गरेको थिएँ। त्यसलाई रोक्न अनेक प्रयास पनि गरेको थिएँ’, उनले भने, ‘प्रतिनिधिसभा विघटनयता उच्च राजनीतिक नेतृत्वमा चरम स्वार्थी व्यवहार देखियो। नेताहरु निजी स्वार्थमा लागे।’

‘देशमा हाल भइरहेको जनविरोधी राजनीतिमा मतियार भएर दुषित खेल खेल्नु भन्दा प्रतिनिधिसभाबाट नै अलग भएको छु,’उनले अगाडि भने, ‘राजनीति र त्यसका सबै संयन्त्र देश र जनताको हितमा लाग्नुपर्ने थियो तर राजनीतिक नेतृत्वले देशलाई अनिश्चयतिर धकेलिदियो।’

उनले कुनै नेताको नाम भने लिएनन् । तर पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको हठका कारण पार्टी अप्ठेरोमा परेका कारण आफुले राजिनामा दिएको उनको संकेत थियो ।

Comment