Thursday, June 24

दोस्रो चरणको कडा खालको कोरोना परास्त गर्न नेपालमै बन्यो औषधी, ‘ईम्युनो बुस्टर’ ले ५ दिनमै संक्रमित निको हुने दावी (भिडियो हेर्नुस्)

April 26, 2021 131

Sapana Sanjal : काठमाडौ ।

नेपालमा अहिले कोरोनाको दोस्रो लहर सुरु भएसंगै सर्वसाधारणमा त्रा स उ,त्पन्न भएको छ । कोरोनाको भ्याक्सिन लगाएकाहरु पनि संक्रमित हुन थालेपछि खोपको विश्वसनियतामा पनि प्रश्न उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध ल ड् न आफ्नै भान्छामा प्रयोग हुने जडिवुटी प्रयोग गर्न सुझाव दिँदा उनको कुरालाई हावामा उडाइयो । तर नेपालीहरुको जिवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएका आयुर्वेदिक औषधी र जटिवुटी प्रयोग गर्न आयुर्वेदिक अनुसन्धानकर्ताहरुले बताएका छन् ।

अनुसन्धानकर्ता लक्ष्मी ओलीले फेरी कोरोनाको दोस्रो भेरियन्टका क्रममा पनि प्रयोग गर्न सकिने औषधी आफुले तयार पारेको बताएका छन् । उनले पहिलो च,रणको महामारीका क्रममा आफ्नो औषधी सेवन गरेर पाँच दिनभित्रै निको भएको दावी गरेका हुन् । आयुर्वेदिक जडिबुटीको माध्यमबाट आफूले कोरोना संक्रमित विरामीलाई निको पार्ने उनको दाबी छ । उनकाअनुसार आफूले ल्याएको उक्त औषधीको नाम ‘इम्युनिटी बुस्टर’ दिईएको छ । र, सोही औषधी कोरोना संक्रमित विरामीको लागि फलदायी हुने उनको दाबी छ ।

ओलीले कोभिड–१९ को सन्दर्भमा यस्तो भनेका छन्,‘कोभिड–१९ कोरोना भाइरस आरएनए, लीपीड र प्रोटीन मिलेर बनेको एउटा कोरोना जातको भाइरस हो । यो रोग मानिसको ¥याल, सिगान, खकार, थुकबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने र मानिसमा रुघा, खोकी, ज्वरो, टाइफाइड, निमोनिया, डायरीया जस्ता लक्षण देखिने र संक्रमित व्यक्तिमा इम्युनिटी घटेर जाने र फोक्सो, लिभर, मुटु, किड्नीको कार्य क्षमतामा ह्रास ल्याएर मूत्युको मुखसम्म पु¥याउने भाइरस हो ।’

Comment