Tuesday, August 3

गैरकानूनी रुपमा अमेरिका जान खोज्दा ७ नेपाली क्यारेबियन सागरमा डुबेको घटनामा दाङबाट एजेण्टकी श्रीमती पक्राउ

July 16, 2021 101

Sapana Sanjal : काठमाडौ । अवैध रुपमा अमेरिका प्रवेश गर्न लागेका नेपाली सवार डुंगा दुर्घटना हुँदा नेपाली हराएको घटनामा संलग्न एजेन्टको श्रीमती दाङवाट पक्राउ परेकी छन् । क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली युवा समुन्द्रमा बे प त्ता भएका छन् । उनीहरु अ वै ध वाटोवाट अमेरिका प्रवेश गर्न लाग्दा यस्तो घटना भएको बताइएको छ । दुर्घटना असार ५ गते नै भएको अन्तराष्ट्रिय सचार माध्यमले जनाएका छन् ।

सो घटनामा संलग्न एजेन्टकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान भने युक्रेनमा रहेकाले इन्टरपोल मार्फत उनलाई पनि पक्राउ गर्न प्रहरीले काम थालेको छ । डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा सवार थिए। जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ। तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन्।

अमेरिका छिर्नको लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियनकोस्टस्थित कपुरगाडा जाँदै गर्दा डुंगा दुर्घटना भएको हो। उक्त डुंगामा सवार ८ नेपालीमा दाङका एन्जल बुढामगर, दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वत ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना छन्। तीमध्ये उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन्।

स्रोतका अनुसार ८ जना नेपालीलाई तीन फरक–फरक एजेन्टले फरक–फरक मितिमा काठमाडौंबाट अमेरिकाका लागि लगेका थिए । उनीहरू सबैलाई नेपाली एजेन्टहरूले अवैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको खुलेको छ ।

गैरकानूनी रुपमा अमेरिका पठाउँदै आएका घोराहीका एजेन्ट टोपबहादुर जिसीकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो । जिसिकी श्रीमती गोमा शर्मा जिसिलाई घोराही १४ मिलनचोकबाट पक्राउ गरेको हो ।

यसरी अवैध बाटो हुँदै अमेरिका जान खोज्नेमा जनप्रतितिनिधिकै परिवार समेत परेका छन् । घोराही उपमहानगरपालिका ९१२ का वडाध्यक्ष राजेन्द्र बुढामगरका २१ वर्षीय छोरा एन्जल बुढामगर चोर बाटोबाट अमेरिका जाने क्रममा कोलम्बियाको क्यारेबियन सागरमा असार ७ गते डुंगा दुर्घटना हुँदा बेपत्ता छन्।

घोराहीका एजेन्ट टोपबहादुर जिसीले अमेरिकको सपना देखाएपछि उनकै माध्यमबाट आफ्नो जेठो छोरा एन्जल गत चैत महिनाको ९ गतेतिर घरबाट हिँडेको वडाध्यक्ष बुढाले जानकारी दिए। आफूले अबैध तरिकाबाट नजान भने पनि स्थानीय मेनपावर एजेन्टले देखाएको अमेरिका सपनाका कारण छोरा अमेरिका जान लालायित बनेको उनले बताए।

Comment