Saturday, September 18

एमाले निकटका गुण्डा नाइके सत्यमान लामा पक्राउ

July 16, 2021 130

Sapana Sanjal : Sapana Sanjal : ३१ असार, काठमाडौँ । गुण्डा नाइके सत्यमान लामा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्याल काभ्रेले अदालतको आदेश कार्यान्वयनका लागि लामा पक्राउ परेको पुष्टि गरेको छ ।

लामा चेक वाउन्सको ठगीमा परेका हुन । लामालाई रोशी गाउँपालिका–८ कटुन्जेबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एमाले निकटका लामा यसअघि पनि विभन्न नाममा पक्राउ पर्दै आएपनी एमाले नेतृ नविना लामाको जमानीमा छुट्ने गरेका थिए । लामाविरुद्ध रामकुमार थापा क्षेत्री र सुरज सापकोटा चेक बाउन्समा उजुरी दिएका थिए ।

लामाले गत माघ २० गते क्षेत्रीलाई दिएको ७० लाखको चेक पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो भने सापकोटालाई दिएको २२ लाखको चेक पनि बाउन्स भएको थियो ।

Comment