Saturday, September 18

प्रेममा रहेका जोडीले विवाह गर्न पैसा नभएपछि बच्चा चोरेर बेचे, २४ वर्षपछि बुवाले आफ्नो छोरा फेला पार्दा देखियो यस्तो भावुक दृष्य

July 15, 2021 128

Sapana Sanjal : बीबीसी । २४ वर्ष देखि आफ्नो सन्तानलाई एक झुल्को पनि देख्न नपाउँदा ति अभिभावकलाई कस्तो हुन्छ होला ? पक्कै अनुमान लगाउन सकिन्छ । चीनका एक व्यक्तिले २४ वर्ष अघि अ प ह रणमा परेका आफ्ना छोरा फेला पार्दा आफुलाई रोक्न सकेनन् । माहौल निकै भावुक बन्यो । ती छोरालाई खोज्नकै लागि उनले देशैभरि मोटरसाइकलमा ५ लाख किलोमिटर यात्रा गरेका थिए । उनका तिनै संघर्षहरु समेटेर २०१५ मा फिल्म, ‘लस्ट एण्ड लभ’ निर्माण गरिएको थियो, जसमा हङकङका सुपरस्टार एन्डि लाउले अभिनय गरेका छन् ।

गुओ गाङताङका छोरालाई १९९७ मा दुई वर्षको उमेरमा मानव त स्क र हरुले शान्तदोङ प्रदेशस्थित उनीहरुको घरै अगाडिबाट अ प ह र ण गरेर लगेका थिए ।

छोरा हराएपछि गुओले २० वटा भन्दा धेरै प्रदेशहरुमा मोटरसाइकलमार्फत यात्रा गर्दै सबैतिर तिव्र खोजी गरेका थिए । यस क्रममा दुर्घटनामा समेत परे । उनले छोरालाई खोज्दा पनि निकै दुख पाए । शरिर पहिलाको जस्तो छैन लु टे रा हरुले पनि सताए । सो यात्रामा उनका दशवटा मोटरसाइकल बिग्रिए ।

छोरालाई खोज्ने यस मिसनमा उनले आफ्नो जीवनभर बचत गरेको सबै पैसा खर्च गरेका थिए । र, हरेक समय तिनको तस्बिर भएको ब्यानर बोकेर हिँड्ने गर्दथे । पैसा नहुँदा कति समय त उनले सडक छेउमा र पुलमुनि बसि भिख मागेरसमेत गुजारा गर्नुपरेको थियो ।

चीनको सार्वजानिक सुरक्षा मन्त्रालयका अनुसार पुलिसले डीएनए टेस्टमार्फत गुओका छोरा पत्ता लगाएका हुन् । घटनामा संलग्न दुई जनालाई पनि पक्राउ गरिएको ग्लोबल टाइम्स रिपोर्टले जनाएको छ । उक्त जोडी त्यस समयमा प्रेम सम्बन्धमा रहेको र ती बालकलाई बे चे र पैसा कमाउने उद्देश्यले बालकलाई लगेको रिपोर्टमा उल्लेख छ ।

गुओका छोरा घर बाहिर एक्लै खेलिरहेको देखेपछि त्यही मौकामा उनलाई महिलाले समातेर बस स्टेसनसम्म आफ्नो पार्टनरकहाँ पुर्याएको र छिमेकी हेनान प्रान्तमा लगेर बे चे को बताइएको छ । स्थानीय मिडियाका अनुसार गुओका छोरा अझैसम्म पनि त्यही प्रदेशमा बसिरहेका थिए । र, त्यहीँ फेला परेका हुन् ।

यसरी २४ वर्षको लामो पर्खाइपछि छोरालाई भेट्दा गुओ र उनकी पत्नी भावुक हुँदै रुँदै छोरालाई अंकमाल गरेका हुन् । उनीहरुको मिलापको भिडियो यतिबेला सामाजिक संजालमा फैलिरहेको छ ।

यसमा आमाले रुँदै भनेकी छन्, ‘मेरो छोरा तिमी बल्ल आयौ ।” गुओले पनि संचारकर्मीहरुसँग बोल्दै छोरा फिर्ता पाएपछि जीवनमा अब खुसी र सुखै सुख मात्र हुने बताएका छन् ।

फिल्म ‘लस्ट एण्ड लभ’ मा हराएका छोराको अभिनय गरेका लाउले पनि गुओको परिवारलाई बधाइ दिएका छन् । उनले आफूले गुओको दृढताको सधैँ आदर गरिरहने बताएका छन् ।

Comment