Saturday, September 18

सार्वजनिक यातायातको भाडा बढ्यो, पहाडी बाटो र तराईको बाटोमा कती बढ्यो ? [हेर्नुस्]

July 15, 2021 183

Sapana Sanjal : काठमाडाैं । सार्वजनिक सवारीको भाडा २८ प्रतिशतसम्म बढेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादर २० देखि २८ प्रतिशतसम्म बढाएको हो ।

विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ।

तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागले जनाएको छ।

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ।

यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको यातायात व्यवस्था विभागका एक अधिकारीले बताए ।

Comment