Saturday, September 18

सूर्य थापाले सार्वजनिक गरे एमालेका २३ ‘गद्दार’को सुची

July 14, 2021 142

Sapana Sanjal : काठमाडौँ । निबर्तमान प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेभित्रका २३ जनाको नाम सार्वजनिक गर्दै उनीहरूले गद्दारी गरेर एमाले सरकार ढलेको आरोप लगाएका छन् ।

बुधवार सबेरै ट्‍वीट गर्दै थापाले यस्तो सुची सार्वजनिक गरेका हुन्। उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई काँग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको समेत आरोप लगाएका छन्।

थापाले ट्‍वीटमा लेखेका छन्,‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको वैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालको निम्ति त यो हर्ष विभोर क्षण होला !’

उनले माधव नेपालको कामलाई “हलो ताछी मुङ्ग्रो” बनाएको भन्दै टिप्पणी गरेका छन्। ‘जनादेश विपरीत परमादेशबाट श्री शेवदेको प्रममा नियुक्ति “हलो ताछी मुङ्ग्रो” बनाए जस्तै हो । यिनै २३ को गद्दारीको परिणाम त हो !’ उनले लेखेका छन् ।

उनले सार्वजनिक गरेको नाममा वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, .भीम रावल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, नारायणप्रसाद खतिवडा लगायतको नाम सार्वजनिक गरेका छन् ।

Comment