Saturday, September 18

बालाजुको जनमैत्री अस्पतालमा ५१ वर्षीया महिलाको निधन, छतमा लुगा सुकाउन गएकी थिईन

July 14, 2021 117

Sapana Sanjal : काठमाडौं, २९ असार – काठमाडौं महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने काभ्रे हुमलो गाउँपालिका-४ घर भएकी ५१ वर्षीया चमेली तामाङको लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।

तेस्रो तलाको छतमा लुगा उठाउने क्रममा ल डेर गम्भीर घाइ ते भएकी उनको बालाजुस्थित जनमैत्री हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै कलंकीस्थित धादिङ सलाङ घर भएका २५ वर्षीय रेशम श्रेष्ठको तास एण्ड कटिया हाउसमा तास खेलिरहेको अवस्थामा रेशम लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त हाउसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comment