Monday, June 14

बहिनीले १५ रुपैयाको औषधी नपाएर मृत्यु भएपछि डाक्टर बनेका रामप्रसाद, लाखौंको जिवनदाता यसरी बने (भिडियो हेर्नुस्)

April 25, 2021 151

Sapana Sanjal : काठमाडौ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा राम प्रसाद उप्रेती तेह्रथुममा जन्मिएका हुन् । महाराजगन्ज मेडिकलमा उनको ४५ वर्ष वितेको छ । उनको ६ वर्षको उमेर हुँदा एउटा वहिनीले उपचार नपाएर ज्यान गुमाउनु परेपछि उनको मनमा डाक्टर बन्ने सपना जाग्यो ।

बुधुनी नाम गरेकी उनको बहिनीले १५ रुपैयाको औषधी खान नपाएर मृत्यु भएको थियो । बहिनीलाई एउटा चिलाउनेको रुखको तल अन्तिम संस्कार गरिएको थियो ।

स्कूल जाँदा बहिनीको चिहान हुँदै जानु पर्थ्यो । उनको मनमा संधै बहिनीको माया जागिरहन्थ्यो । त्यही माया मनमा लिएर उनले पढे । उनी विद्यालयको टप विद्यार्थी बने । सानै देखि बहिनीले उपचार अभावमा ज्यान गुमाएपछि उनलाई डाक्टर बन्ने चाहना जागेको थियो । त्

यही चाहना अनुसार उनी डाक्टर बनेका थिए । उनी डाक्टर बनेपछि उनको जिवनमा अर्को घटना भएको छ । एक जना विरामी आए । उनले सबै चेकजाँच गराए । औषधी र चेकजाँचको एक सय रुपैया पुगेको थियो ।

उनको अगाडी ति बिरामीले एक सय रुपैया दिन हात अगाडी बढाए । त्यती बेला उनले बिरामीलाई खुट्टा देखी माथि सम्म हेरै । उनको खुट्टामा चप्पल थिएन । लुगा पनि त्यस्तै लगाएका थिए । त्यो अवस्था देखेपछि उनलाई पैसा लिन मन लागेन । उनले यो पैसा तपाई नै राख्नु भने । त्यसो भनेपछि ति विरामी भक्कानिएर रुन लागे ।

यो आज मैले दिनभरी काम गरेर कमाएको पैसा हो । अब यसैवाट ५० रुपैयाको चामल किन्छु अनि बाँकीको तरकारी र तेल नुन किनेर खान्छु ।
उनले त्यती भनेपछि उनले अठोट गरे अब म विपन्नलाई पैसा नलिई उपचार गर्छु । उनको जिवनमा यस्ता कैयौं घटना छन् जुन यो भिडियोमा खुलाएका छन् ।

Comment