Saturday, September 18

अझै के हुँदैछ राजनीतिमा ? शंकर पोखरेल भन्छन् नाटक अझै बाँकी छ

July 13, 2021 108

Sapana Sanjal : काठमाडौ । सर्वोच्च अदालतले दिएको आदेश अनुसार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको कार्यकाल समाप्त भएको छ । सर्वोच्चको फैसलालाई लिएर मुलुकभर कतै खुसीयाली त कतै विरोध भइरहेका छन् ।

राजनीतिक घटनाक्रमकै बेला नेकपा (एमाले) का स्थायी समिती सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नाटक अझै बाँकी रहेको प्रतिकृया दिएका छन् ।

सर्वोच्चको फैसला आएको भोलीपल्ट सामाजिक सजालमा प्रतिकृया जनाउँदै उनले यस्तो लेखेका हुन् । उनले जनादेशबाट अस्वीकृत भएको नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको तर्क गरेका छन् । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले दिएको आदेशलाई लिएर पोखरेलको टिप्पणी हो ।

पोखरेलले परमादेशबाट प्रधानमन्त्री बनाउनुको रहस्य थप खुल्दै जाने पनि जिकिर गरेका छन्। नाटक अझै बाँकी रहेकोले यस घटनाको थप पटाक्षेप हुँदै जाने लेखेका हुन्।

पोखरेलले लेखेका छन् ,‘जनादेशबाट अस्वीकृत नेकालाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमश पटाक्षेप हुँदै जानेछ। किनकि नाटक अझै सकिएको छैन।’

Comment