Tuesday, August 3

सहकारीमा कलेक्टरको काम गर्ने २५ वर्षीय युवतीको अर्धनग्न अवस्थामा शव फेला

July 13, 2021 118

Sapana Sanjal : काठमाडौँ, असार २८ । बिर्तामोडमा आज बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।

बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

सानिमाको घरमा स-परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

उनी बिर्तामोडस्थित सृजनशील सहकारी संस्थामा कलेक्टरको काम गर्दै आएको बुझएको छ ।

घटना स्थल शिल गरेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

Comment