Thursday, June 24

सरकारले पत्रकारलाई दियो निर्देशन, अब यस्ता ब्यक्तिको समाचार बन्दैन

April 25, 2021 126

Sapana Sanjal : काठमाडौ ।

अब समाचारमा छाउन भन्दै माक्स नलगाई पत्रकारको अगाडी आउने ब्यक्तिका बारेमा समाचार नबन्ने भएको छ । कोरोना जोखिम बढेकाले माक्स नलगाउनेहरुको समाचार नबनाइने भएको छ ।
माक्स लगाउन प्रोत्साहन गर्न स्वास्थ्य मन्त्रालयले पत्रकारलाई मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार प्रकाशन, प्रसारण नगर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ प्रयोग गर्न समाचार पढ्ने व्यक्तिले पनि मास्क लगाउन र मास्क नलाइ लिएको अन्तर्वाता तथा अन्य सुचना प्रकाशन नगर्न आग्रह गरेको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘संचारमाध्यममा समाचर पढ्दा अन्तर्वाता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार सुचनाहरुलाई निरुत्साहित गर्न बन्द गर्न प्रकाशन र प्रशारण नगरिदिनुहुन स्वास्थ्य मन्त्रालय अनुरोध गर्दछ।’

Comment