Saturday, October 16

पारस शाहाकि छोरी पूर्णिकको भिडियो सार्बजनिक गर्दै भनिन् : मेरा बाउ निश्चल छन्

July 10, 2021 157

Sapana Sanjal : पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहकी जेठी छोरी पूर्णिकको टिकटकको एउटा भिडियो सार्वजनिक भएको छ । रक्सी सेवन गरेर बोलेको जस्तै देखिने उक्त भिडिओमा उनले आफ्नो पिता पारस शाहको बारेमा बोलेकी छिन् ।

पूर्णिका शाहले आफ्ना पिता पारस शाहले देशको लागि ठूलो योगदान गरेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि ।’ उनले अधिकांश अंग्रेजी वाक्य बोलेकी छिन् । आफ्नो पिता निश्चल भएको बताएकी छिन् ।

आफ्नो पिताले राम्रो कुरा मात्र नदेखाउने र सबै कुरा खुलस्त देखाउने बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’ उनको उक्त टिकटक अहिले टिकटकमा खोज्दा भेटिदैन । भिडिओको क्लिक सामाजिक सञ्जालमा चर्चामा छ । हेरौं उक्त भिडिओ क्लिप

Comment